+

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते

नेपालकैरन

चितवन। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । 

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

नेपालकैरन

सुनसरी।  प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपालकैरन

बेइजिङ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ड एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो । 

समाचार

विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

कैलाली । गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । वडास्तरीय उपभोक्ता भेलाबाट सबै वर्गलाई समेटेर छनोट भएका प्रत्येक वडाका ७र७ जना, साझेदारी वन कार्यान्वयन क्षेत्रभित्र पर्ने प्रत्येक वडाको वडाध्यक्षले तोकेका वडा सदस्य एकरएक जना, गौरीगङ्गा र मोहोन्याल गाउँपालिकाको कार्यपालिकाबाट छनोट भएका प्रतिनिधि गरी जम्मा ५० जना सो वन उपभोक्ता समूहका सदस्य रहने विधानमा छ । 

राजनीति

‘अपाङ्गतासम्बन्धी प्राप्त अधिकारको संरक्षणमा लाग्नुपर्छ’

‘अपाङ्गतासम्बन्धी प्राप्त अधिकारको संरक्षणमा लाग्नुपर्छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गतासम्बन्धी प्राप्त अधिकारको संरक्षण थप अधिकार प्राप्तिका निम्ति सबैलाई अुनरोध गर्नुभएको छ । ‘अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस, २०२४’ को अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले  अनुरोध गर्नुभएको हो । 

‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’

काठमाडौँ । समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् । 

गशिप सबै

खेलकुद

एनपिएल क्रिकेट : काठमाडौँ गुर्खाज टस जितेर बलिङ गर्दै

एनपिएल क्रिकेट : काठमाडौँ गुर्खाज टस जितेर बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् ।

अन्तराष्ट्रिय

जापानमा यो वर्ष १.९७ डिग्री सेल्सियस तापक्रम बढी

जापानमा यो वर्ष १.९७ डिग्री सेल्सियस तापक्रम बढी

काठमाडौँ । जापान मौसम एजेन्सीले १.२६ वर्ष पहिले रेकर्ड शुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको  जनाएको छ । जापानीे मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।

फिचर

सङ्घीयतापछि सामुदायिक वन  बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

सङ्घीयतापछि सामुदायिक वन बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

काठमाडौँ ।  नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्कोतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।

सूचना-प्रविधि

सूचना–प्रविधिमा लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई आग्रह

सूचना–प्रविधिमा लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई आग्रह

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई आग्रह गर्नुभएको छ । 

अन्तर्वार्ता

एशिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो

एशिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो

महोत्तरी ।  यू–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एशिया कप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ ।  जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो ।

कृषि-पर्यटन

पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

काभ्रे ।  जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । 

प्रवास

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष  दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा भेटवार्ता  भएको छ ।  उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदबीच क्वालालम्पुरस्थित संसद् भवनमा भेटवार्ता भएको हो ।

साहित्य

स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यक : झा

स्थानीय भाषा तथा संस्कृतिको संरक्षण आवश्यक : झा

जनकपुरधाम । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुकका विभिन्न जातजातिको भाषा, संस्कृति तथा सभ्यताको संरक्षण तथा प्रवर्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभएको छ ।
  

विचित्र संसार

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

काठमाडौँ । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक गरिएको छ । सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका हुन् ।  

राम्रो नेपाल

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ । 

विचार

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

डा अरुणा उप्रेती
काठमाडौँ ।
अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ । 

जीवनशैली

रेन्बो ट्राउट व्यवसायबाट वार्षिक तीन करोड आम्दानी

रेन्बो ट्राउट व्यवसायबाट वार्षिक तीन करोड आम्दानी

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी गरेका छन् ।  

मल्टिमिडिया

चिसो बढ्यो, सिरक–डस्ना बनाइँदै

चिसो बढ्यो, सिरक–डस्ना बनाइँदै

चिसो बढेसँगै भक्तपुरको हनुमन्ते खोलाको किनारमा सिरक–डसना बनाउँदै कामदार । तस्बिरः सुरज घिमिरे /रासस

अपराध

सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु प्रकरणमा २ जना पक्राउ

सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु प्रकरणमा २ जना पक्राउ

सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।