+

चाबहील चुच्चेपाटीको भाटभटेनी सुपर स्टोरमा ६ शव फेला

काठमाडौँ । चाबहील  चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला परेको छ । प्रहरीका अनुसार शनिबार साँझ ती शव फेला परेका हुन् ।


डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनामा आगजनी भएको थियो । प्रदर्शनकारीले भाटभटनीका २८ शाखामध्ये १३ वटामा  आगजनी र लुटपाट गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै