
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–३ मा रहेको ‘सुर एन्ड सुपुन्ना अर्गानिक’ होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित हुनुभएको छ ।
करिब १० वर्ष कतार, दुबई र बहराइन लगायत देशमा सेफ भई काम गरी हाल आफ्नै जन्मथलोमा होटल व्यवसाय गर्दै आउनुभएका जुम्लाका युवा बुढा ‘ग्लोबल नेपाली सेफ अवार्ड २०२५’ बाट सम्मानित हुनुभएको हो ।
पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आयोजित कार्यक्रमकाबीच सम्मान गर्दैै विदेशमा सिकेको ज्ञान र सीप बाँडेर धेरै नेपालीलाई यस क्षेत्रमा ल्याउन सफल युवा सेफ बुढाको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।
सेफ बुढाले जुम्लामा स्थानीय परिकारमात्र उपलब्ध हुने होटल सञ्चालन गर्नुभएको छ । पछिल्लो समय सदरमुकामसहित जुम्लाका विभिन्न बजार क्षेत्रमा होटेल व्यवसाय गर्न चाहनेलाई उहाँले सेफको तालिम दिँदै आउनुभएको छ ।
स्वदेश तथा विदेशमा समेत काम गरेको अनुभवका आधारमा कान्छो सेफका रूपमा सम्मानित हुन पाउँदा आफूलाई एक भाग्यमानी ठानेको बताउँदै उहाँले भन्नुभयो– ‘सदैव कामलाई सम्मानगरी अघि बढे एक दिन सफल भइने रहेछ, इमानदार एवं लगनशील भई पेसा व्यवसायमा लाग्नुहोस्, अवश्य सफल भइन्छ, सबैमा मेरो अनुरोध यही छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन