+

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ । नेपालको न्याय प्रणालीमा पहिलो महिला प्रधान न्यायाधीश हुनुभएकी सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको  छ । 


प्रधानन्याधीशबाट अवकाश लिएको करिब ८ वर्षपछि कार्कीले सरकार प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाउनु भएको हो । 

मुलुकमा ब्याप्त राजनितिक बितृष्णाबीच युवा पुस्ताले चलाएको जेन जी आन्दोलनले केपी ओली नेतृत्व ढालेपछि तिनै जेन जीको चाहनामा कार्कीलाई सरकार प्रमुख बनाइएको हो । 

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीलाई नेपालको पहिलो महिला सरकार प्रमुख बन्ने अवसर मिलेको हो । उहााले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको नाम लेखाउनु भएको  छ । 

अन्तरिम सरकारको जिम्मेवारी पाउनुभएकी कार्कीले अब मुलुकलाई नयाँ नेतृत्व दिने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै