+

तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त  गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले  पहिलो चरणमा कलुमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको हो । 

नवनियुक्त  मन्त्रीहरुले प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिएका छन् । 

खनाल अर्थमन्त्री बन्नुभएको छ । । त्यस्तै कुलमान घिसिङलाई उर्जा, भौतिक योजना र शहरी विकास र ओमप्रकाशलाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि बस्न नमिल्ने अवस्थामा पुगेको शीतल निवासको खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै