विचार

नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

पार्क थेयङ
काठमाडौँ ।
५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौं पीडादायी क्षण भन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ ।