+

श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

मकवानपुर । जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट कैदीहरु भागेपछि मुलुकमा जघन्य अपराधका घटना बढ्न थालेको छ । मकवानपुरमा यस्तो जघन्य खालको घटना भएको छ । 

राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका १ इन्द्रुङमा २४ वर्षीया महिलामाथि बलात्कार भएको हो ।

आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ। ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन’, अध्यक्ष मल्लले भन्नुभयो  । प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताउनुभयो ।पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको छ ।

आर्थिक अभावले खानेकुरा समेत नभएकोले सुत्केरी हुँदा गाउँपालिकाले आर्थिकसहित पौष्टिक आहार सहयोग पनि गरेको थियो । गाउँपालिकाले पीडित परिवारलाई आइतबार बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताउनुभयो । घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको उहाँले बताउनुभयो । ‘पीडितको घर जंगलको एकान्तमा छ । तर, पनि गाउँमा अशान्त थिएन । प्रहरी जान डरायो । त्यसपछि हामीले नै उहाँहरूलाई हेटौंडा लगेका छौं’ उहाँले भन्नुभयो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट