
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति पार्टीले दुःख व्यक्त गरेको छ । नेता ज्ञवालीको निधनप्रति कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शोक व्यक्त गर्नुभएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेता ज्ञवालीको आज निधन भएको हो । कांग्रेसले उहाँले सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
विसं २०२३ देखि राजनीतिमा प्रवेश गर्नुभएका ज्ञवालीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २००८ जेठमा जन्मनुभएका उहाँले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताउनुभएको थियो ।
तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सर्वस्वहरण गर्नुका साथै आजिवन कारावासको सजायसमेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा