
काठमाडौँ । ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा भएको छ । उपन्यास समाज नेपालको आयोजनामा काठमाडौँको केन्द्र रामशाहपथस्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यास याङरुपको परिचर्चा कार्यक्रम गरिएको हो।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । आख्यानकार माधव बिडारी ‘चेतनपथ’ ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएको थियो ।
डेढ घण्टा चलेको कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहाल, डा शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी ‘भमरकोटे’ वासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा इन्दुल के सी शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी र लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै