
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको रहस्यमय मृत्युको घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ ।
सङ्गठनले उक्त घटनाको छानबिनका लागि दबाब दिन शान्तिबाटिकामा विहिबार आयोजना गरेको विरोध प्रदर्शनमा सत्यतथ्य अनुसन्धानका लागि आयोग गठनको माग गरेको हो ।
अध्यक्ष शम्भु श्रेष्ठले रजकलाई आगो लगाएर गरिएको हत्याको निन्दा गर्दै त्यस घटनाले समग्र प्रेस जगत् मर्माहत भएको बताउनुभयो । उहाँले पीडित परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको लोकतान्त्रिक मुलुकमा प्रेस तथा सञ्चारकर्मीमाथि हुने आक्रमण निर्लज्ज रहेको बताउँदै राज्य र आन्दोलनकारी दुवैको निशानामा परेर करिब ३० पत्रकारले ज्यान गुमाएको जानकारी दिनुभयो ।
दिवङ्गत पत्रकार रजकका दाजु दिनेश रजकले भाइको मृत्यु रहस्यमय रहेको भए पनि त्यसको अनुसन्धानमा सरकार संवेदनशील नरहेकामा चिन्ता व्यक्त गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्गठनले यसअघि रजकलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा