+

चलचित्र ‘मोहर’ को फर्स्ट लुक पोस्टर सार्वजनिक


काठमाडौँ । आगामी साउन २३ गते (८ अगस्ट, २०२५) मा रिलिज गरिने फिल्म  ‘मोहर’ को फर्स्ट लुक पोस्टर निर्माणपक्षले सार्वजनिक गरेको छ । 


सार्वजनिक गरिएको पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

‘ए स्टोरी बेस्ड अन अनरिटेन रुल्स’ भन्ने ट्याग लाइन दिइएको फिल्म ‘मोहर’ को सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । 

यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरिरहेका छन् भने बेनिशाको अनुहारमा डर भाव छ र नीति हर्षित मुद्रामा छिन् । अर्जुन जङ्ग शाही भने गम्भीर मुद्रामा देखिएका छन् ।

फिल्मको पोष्टरमा यसको नाम ‘मोहर’ र मोहरको लोगोलाई ठूलो स्थान दिइएको छ । यस फिल्मका अन्य प्रमुख कलाकारमा मिथिला शर्मा, रवीन्द्र झा, सुशील देवकोटा, मिस पबि, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्मा रहेका छन् । 

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्म  ‘मोहर’  का निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौँमा गरिएको निर्माण पक्षले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै