+

समाजवादी प्रेस संगठनको महाधिवेशन लुम्बिनीमा हुने

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको तेस्रो महाधिवेशन लुम्बिनीमा हुने भएको छ । 


समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटी बैठकले तेस्रो महाधिवेशन  फागुनको २९ र ३० गते लुम्बिनीमा  गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौँमा सम्पन्न बैठकले त्यस अघि नै संगठनको मूल संरचना निर्माण,  जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गराउन निर्देशन समेत दिएको छ ।

त्यस अवसरमा समाजवादी प्रेस संगठनका सल्लाहकार किशोर श्रेष्ठलाई विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई तथा सम्मान गरिएको छ । 

प्रेस संगठनले महाधिवेशनमा प्रदान गर्ने गरी दुई पुरस्कार घोषणा गरेको छ ।  ५० हजार राशिको प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार र १५ हजार राशिको सुरेश रजक फोटो पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट