+

‘पानी र मानिसको बानी माथिबाटै सफा हुनुपर्छ’

काठमाडौँ । पूर्वप्रधामन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधवकुमार नेपालले पानी र मानिसको बानीको शुद्धता शुरुदेखि नै हुनुपर्ने बताउनुभएको छ । 


पूर्वप्रधामन्त्री नेपालले शनिबार पार्टी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

‘पानी र मानिसको बानी बानीको शुद्धता शुरुदेखि नै हुनुपर्छ’ बैठकमा उहाँले भन्नुभयो– पानी स्वच्छ बनाउन मुहानदेखि सफा राख्नुपर्छ, त्यस्तै मानिसमा पनि असल चरित्रको विकास सानैदेखि बसाउनुपर्छ । मुहान सफा भएन भने अन्य ठाउँमा जति सफा राख्नुस्, पानी शुद्ध हुँदैन, त्यस्तै मानिसमा  पनि सानैदेखि ठिक बानी बसेन भने पछि सुधार्न कठीन हुन्छ ।’ 

पूर्वप्रधामन्त्री नेपालले पताञ्जली जग्गा प्रकरणमा आफूलाई आफूलाई बिना कारण मुद्दा लगाइएको उल्लेख गर्नुभयो ।  ‘ममाथि मुद्दा चलाइएको छ। हदबन्दीभन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठिक भयो भनिएको छ, त्यसमा कसरी भयो सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना ?’ उहाँले प्रश्न गर्नुभयो –  पताञ्जली  सरकारी स्वामित्वको जमिन होइन, कम्पनीको जमिन हो । कम्पनीले हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ कि पाइँदैन ? कानुनले के भन्छरु हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ।’

हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेको कानूनी आधार नरहेको भन्दै उहाँले त्यो जग्गाबारे मन्त्रिपरिषदबाटै सर्वसम्मतिले निर्णय गरेर स्मरण गराउनुभएको छ। आफू प्रधानमन्त्री हुँदा विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको भन्दै क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेको उहाँको भनाई छ । 

अध्यक्ष नेपालले लामो राजनीतिक जीवनमा आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट