+

रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको टिकट बुकिङ खुलाइने

काठमाडौँ । आन्दोलनका कारण रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । 


त्यसको लागि यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायीबीच आइतबारको बैठकले समिति गठन गरेको हो । 

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।

पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई प्राथमिकतामा रहेको र त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने विषय तय हुने भएको छ । 

वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा प्रहरी र व्यवसायी समेत रहने गरी तोकिएको छ । आजको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मन्त्रालय र सडक सुरक्षा परिषदबाट उपलब्ध गराउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै