+

मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

काठमाडौंँ । सुशीला कार्की  प्रधानमन्त्री बनेको तीन दिन नपुग्दै उहाँको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरिएको छ । 


सुदन गुरुङ समूहले नवनियुक्त प्रधानमन्त्री  कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको हो ।

गुरुङ समूहले  मन्त्री छनोटको विषयलाई लिएर आइतबार राति प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री कार्कीको राजीनामासमेत माग गरेका छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री बनाउने तयारी गरिएको छ । गुरुङ समूहले अर्यालको नामप्रति असन्तुष्टि जनाएको छ । 

उनीहरूले आफूहरूले शुरु गरेको आन्दोलनको अरुले ‘हाइज्याक’ गरेर मन्त्री बन्ने तयारी गरेको आरोप लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै