![](/storage/news/01JKQVJREN85J1SK2866AYDGYQ.jpg)
काठमाडौँ । लामो समयदेखि अग्रणी रुपमा नेपाली गीत प्रस्तुत गर्दै आइरहेको अग्रणी कम्पनी भवसागर इन्टरटेन्टमेन्टले पछिलो समय हिन्दी गीतमा पनि उत्तिकै ध्यान दिन थालेको छ।
केही समय अघि हिन्दी गीत ‘तस्बिर’ल्याएको भवसागरले अहिले ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर अर्को रोमान्टिक हिन्दी गीत ‘बस तेरा’ साँगीतिक बजारमा ल्याएको छ ।अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीतमा तयार ‘बस तेरा’ गीतमा सुरेश लामा र ममता गुरुङको स्वर रहेको छ ।गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
रमेश विश्वकर्मा र जुना कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियो मार्फत नेपाल बाहिरका धेरै दर्शक माझ पुर्याउन भिडियोको छायांकनस्थललाइ विशेष ध्यान दिएको छ भिडियोलाई मुस्ताङ्ग जिल्लाको उच्च हिमाली परिवेशमा छायांकन गरिएको छ । केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी , मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
गीत गायनदेखि संगीत कर्म सम्म त्यतिकै पोख्त मानिने ‘बस तेरा’ गीतका म्युजिक डाइरेक्टर शंकर थापा ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका विभिन्न गीत दर्शकको रोजाइमा पर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी