+

प्रतिनिधिसभा बैठक पुनः शुरु

काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरुको अवरोधका कारण केही समय स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः शुरु भएको छ । 


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलका सांसदले प्रतिनिधिसभा बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः शुरु भएको छ । 

सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताउनु भएपछि बैठक शुरु भएको हो । सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताउनुभएको हो ।

आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो । त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै