![](/storage/news/01JKT75Z4ZV69ZMFYM00MB9Z1B.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । जसपा नेपालले सरकारले ल्याएका विभिन्न ६ अध्यादेश मध्ये भूमि सम्बन्धीलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । जसपा नेपाल भूमि सम्बन्धी बाहेक अरु बाँकी ५ अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक देखिएको छ ।
जसपा नेपालले सरकारले ल्याएका विभिन्न अध्यादेश अध्ययनको लागि ने उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले अध्ययन पश्चात तयार पारेको प्रतिवेदनको आधारमा यस्तो निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।
‘भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान छ’ उहाँले भन्नुभयो– ‘भू(माफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी