![](/storage/news/01JKTDHM501FVCS2EDA5SWP26Z.jpg)
काठमाडौँ । सांसदहरुले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ
आज सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या समाधान सम्बन्धमा प्राप्त सुझावमाथिको छलफलमा उहाँहरुले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । ‘विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने किसिमले नीतिगत व्यवस्था लागू गर्नुहुँदैन । संरक्षण गर्ने भनेर मात्र पनि हुँदैन । विकास आजको आवश्यकता हो’ उहाँले भन्नुभयो– ‘विकास र वातावरणलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ ।’
सांसद मदनकुमारी शाहले संरक्षण क्षेत्रभित्र वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धीका नीति कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।
सांसद रेनु चन्दले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतलाई सहज बनाउन ‘अन्डरपास’ र ‘ओभरपास’का लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।
सांसदहरु नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारी, युवराज शर्मा, सुमित्रा विसी, गोमादेवी तिमल्सेना, रुक्मिणी कोइराला, बलदेव बोहोरा, पदमबहादुर परियारले निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी