![](/storage/news/01JKTE7SRXVDB48G6J80C78C8W.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताउनुभएको छ ।
सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सत्ता गठबन्धनको मुख्य उद्देश्य राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधन हो । मुख्य कारण राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै हो । जनतालाई गलत सूचना दिने र भ्रममा पार्नाले राजनीतिक अस्थिरता भएको हो ।’
सांसद यादवले संसद्को मुख्य काम भनेकै कानुन निर्माण गर्नु हो तर सुस्त गतिमा भइरहेको धारणा राख्नुभयो । ‘जनताका लागि आवश्यक कानुन समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैनन्, यसैले छिटोछरितो रूपमा विधेयक पारित गरौँ । सरकार निर्माण भएको सात महिना भएको छ । उद्देश्यअनुसार पूरा गर्न सरकारले कार्यको गति बढाओस् । सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन भयो कि भएन भनेर मूल्याङ्कन, समीक्षा र निर्देशन दिन सरकारलाई अनुरोध गर्छु’ उहाँले भन्नुभयो ।
उहाँले आव २०७४ र ७५ मा हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखिएको तर अहिलेसम्म अधुरै रहेकाले अविलम्ब शुरू गर्न आग्रह गर्नुभयो । साथै पुल निर्माणको कार्य पनि सरकारले अघि बढाओस् भन्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी