+

मधेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ ।  सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।


वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिएको हो । विशेष गरी विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित डुमरवानामा २१ माघमा र पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवास्थित नौकाटोलामा २२ माघमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा डुमरवानामा ५१  र नौकाटोलामा ५२ सहित १ सय ३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई नेपाल राष्ट्र बैंकका सुमनराज सुवेदीले प्रशिक्षण दिनुभएको छ । 

कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा वित्तीय सेवासम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायत विषयमा जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै