+

चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए

काठमाडौँ । काठमाडौँको चाबहिलमा चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाएका छन्  ।  काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा आइतबार बिहान चोरीको मोबाइल लिन दुई समूहबीच झडप भएको हो । 


झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भन्नुभयो ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’

झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) पुर्याएको थियो । तर  चिकित्सकले कार्कीलाई बचाउन सकेनन ।  भडपमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै