![](/storage/news/01JKTEJXSV5E9DHKTDBY34FD08.jpg)
काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गर्नुभएको छ । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’ उहाँले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताउनुभएको छ ।
‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ उहाँले लेख्नुभएको छ । विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह नहुने भन्दै उहाँले यसका लागि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी हुनपर्ने बताउनुभएको छ ।
‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उहाँ लेख्नुहुन्छ, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी