+

रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन

काठमाडौँ । स्थानीय तह पुर्नसंरचनापछि मुलुकको विभिन्न नगरपालिका र गाउँपालिकाले आफ्नो भवन निर्माणलाई प्राथमिकता दिएका छन् । जनताले करबाट उठेको पैसा यतिखेर नगरपालिका, गाउँपालिका र वडा कार्यालय भवन निर्माणमा खर्च भइरहेको छ । 


मुलुकमा यतिखेर नगरपालिका, गाउँपालिका र वडा कार्यालयबीच कस्ले सबै भन्दा  राम्रो अर्थात् महंगो कार्यालय भवन बनाउने ? भन्ने प्रतिस्पर्धा नै चलेको छ । यही क्रममा रुकुमपश्चिम स्थित त्रिवेणी गाउँपालिकाले  ८ करोड ६९ लाख १८ हजार १सय १९ को लागतमा कार्यालय भवन बनाएको छ ।  गाउँपालिकाले निकै महंगो लागतमा २८ कोठे पक्की भवन निर्माण गरेकोहो । 

विसं २०७९ माघदेखि निर्माण शुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगन लगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६ सय ८५ रुपैयाँँ भुक्तानी  भइसकेको छ । तीनतले  भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै