![](/storage/news/01JK2T6GV98YGX7DX4SSDRA174.jpg)
काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएका छन् ।
कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार देखि चलेको ३ दिने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’ मा पहिलो दिन कुटुम्ब ब्याण्ड दोस्रो दिन दीपक बज्राचार्यको रिदम ब्याण्ड र तेस्रो दिन गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुती दिएका हुन् ।
बुधबार दीपक बज्राचार्यको कन्सर्टमा अहिले सम्मकै धेरै दर्शक सहभागी भएको आयोजकले जनाएका छन् । गायक दीपक बज्राचार्य र उनको टिमले करिब २ घण्टा सम्म आफ्ना १५ र१६ वटा नयाँ र पुरानो गीत मार्फत दर्शकलाई नचाएका थिए । पश्चिम बंगालका नेपालीभाषी क्षेत्रमा सन् १९९१ देखि अहिलेसम्म गायक बज्राचार्यले करिब १५ पटक साङ्गीतिक प्रस्तुति दिईसकेका छन् ।
त्यस्तै मंगलबारको नेपाली लोक वाद्य ब्यान्ड कुटुम्ब र बिहिबारको गायिका तृष्णा गुरुङको कार्यक्रममा पनि त्यतिकै दर्शकले मेला अवलोकन र सांगीतिक प्रस्तुतीमा झुमेका थिए । कालिम्पोङमा अहिले सम्मको ठुलो मेला आयोजना गरिएको आयोजकले जनाएका छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी