![](/storage/news/01JJV8QV2RY0BDY2X3YNP9E56A.jpg)
काठमाडौँ । देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ ।
नेपाल सांस्कृतिक महासङ्घको आगोजनामा सांस्कृतिक जागरण अभियान’ गर्न लागिएको हो । सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली कांग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका जनतासमक्ष पुर्याउन अभियानको सुरुआत गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी भ्रातृसङ्गठन भएका हिसाबले सांस्कृतिक अभियानमार्फत कांग्रेसले गरेको कामबारे जानकारी दिने अभियानमा छौँ । नेपालको परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई पनि हामी प्रस्ट्याउने छौँ । जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासङ्घले यो अभियान शुरु गरेको छ ।’
अध्यक्ष थापाले माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उद्घाटन भई त्यो अभियानको शुरुवात हुने जानकारी दिनुभयो ।
महासङ्घका महामन्त्री शिवशङ्कर रिजालले पहिलोचरणमा सातै प्रदेशको हरेक जिल्लामा कार्यक्रम हुने जानकारी दिनुभयो । भन्नुभयो– ‘जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै यो अभियानमार्फत स्थानीय कला र संस्कृतिको प्रवर्द्धन पनि हुनेछ ।’
लोक गायक विमलबहादुर क्षेत्री अभियानमा नेतृत्वदायी भूमिका हुने महासङ्ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी