![](/storage/news/01JKTGXKRH17Y8SDD5X7VVVCSB.jpg)
काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुसको हुन हुन सक्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस साताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गर्नुभएको हो ।
रुससँगको करिब तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले सोमबार प्रसारण गरिएको प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा द्वन्द्वका बारेमा छलफल गर्नुभयो ।
‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’ उहाँले भन्नुभयो ।
किएभको प्राकृतिक स्रोतहरू जस्ता दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उहाँले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिनुभयो ।
‘हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ, र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ’ ट्रम्पले भन्नुभयो ‘र उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महशुस गर्दैनौँ ।’
ट्रम्पले सोमबार पनि चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गर्नुभयो । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।
ट्रम्पले द्वन्द्वको छिटो अन्त्यका लागि दबाब दिइरहनुभएको छ भने जेलेन्स्कीले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहनुभएको छ ।
नाटो सदस्यता वा शान्तिरक्षा सेनाको तैनाती जस्ता कडा सैन्य प्रतिबद्धताहरू समावेश नगर्ने कुनै पनि सम्झौताले क्रेमलिनलाई पुनः समूहबद्ध हुन र नयाँ आक्रमणका लागि पुनः हतियार बनाउन अनुमति दिनेछ भन्ने डर किएभलाई छ ।
जेलेन्स्कीका प्रवक्ता सेर्गी निकिफोरोभले युक्रेनी राष्ट्रपतिले यस शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको ‘साइडलाइन’ मा भान्ससँग भेट्ने बताउनुभयो ।
जेलेन्स्कीको कार्यालयका एक स्रोतका अनुसार केलोग फेब्रुअरी २० मा युक्रेन आइपुग्नुहुनेछ तर देशको कुन भागमा उहाँले भ्रमण गर्नुहुनेछ भन्ने विवरण दिइएको छैन । उहाँको भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणको तीन वर्षे वार्षिकीको केही दिनअघि हुनेछ ।
जेलेन्स्कीले सोमबार युक्रेनका लागि ‘वास्तविक शान्ति र प्रभावकारी सुरक्षा ग्यारेन्टी’ को आह्वान गर्नुभयो ।
‘जनताको सुरक्षा, हाम्रो राज्यको सुरक्षा, आर्थिक सम्बन्धको सुरक्षा र निस्सन्देह, हाम्रो स्रोतको दिगोपन युक्रेनका लागि मात्र होइन, सम्पूर्ण स्वतन्त्र विश्वका लागि’ जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशित एक भिडियो सम्बोधनमा भन्नुभयो– ‘यी सबैबारे अहिले निर्णय भइरहेको छ ।’
ट्रम्पका बैठकहरू –
ट्रम्पले युद्धको अन्त्य गराउन चाहेको बताउनुभएको छ तर दुई पक्षलाई वार्ताको टेबलमा ल्याउन विस्तृत प्रस्ताव प्रस्तुत गर्नुभएको छैन ।
जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले पहिले नै एक अर्कासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिसक्नुभएको छ र दुई पक्षबीच सम्झौता हुनसक्ने कुनै आधार देखिँदैन ।
पुटिनले युक्रेनलाई किएभको अझै पनि नियन्त्रणमा रहेको रुसको दक्षिण र पूर्वी भागहरूबाट फिर्ता लिन माग गर्नुभएको छ र युक्रेन र नाटोबीचको घनिष्ठ सम्बन्धलाई अस्वीकार्य ठान्नुहुन्छ ।
यसैबीच जेलेन्स्कीले मस्कोलाई कुनै पनि क्षेत्रीय सहुलियत दिन अस्वीकार गर्नुभएको छ । यद्यपि उहाँले केही क्षेत्र फिर्ता गर्न कूटनीतिक माध्यममा भर पर्नुपर्ने हुनसक्ने स्वीकार गर्नुभएको छ ।
रुसले युक्रेनका पाँच क्षेत्र – सन् २०१४ मा क्रिमिया र त्यसपछि २०२२ मा डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्झिया – लाई आफूमा गाभेको बताएको छ । यद्यपि यी क्षेत्रहरूमाथि उसको पूर्ण नियन्त्रण छैन ।
जेलेन्स्कीले सोमबार ट्रम्पसँगको बैठकको व्यवस्था भइरहेको तर मिति अझै तय नभएको बताउनुभयो भने ट्रम्पले गत हप्ता आफूले आउँदो दिनमा जेलेन्स्कीसँग ‘सम्भवतः’ भेट्ने बताउनुभएको थियो तर व्यक्तिगत रूपमा किएभको भ्रमणलाई अस्वीकार गर्नुभयो ।
ट्रम्पले न्यूयोर्क पोस्टलाई बताए अनुसार उहाँले युक्रेनमा द्वन्द्वको अन्त्य गर्नेबारे छलफल गर्न पुटिनसँग फोनमा कुरा गर्नुभएको थियो र रुसी नेताले उहाँलाई उहाँ ‘मानिसहरू मर्न रोकिएको हेर्न चाहनुहुन्छ’ भन्नुभएको थियो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले फोनवार्ताको पुष्टि वा अस्वीकार गर्न अस्वीकार गर्नुभयो ।
म्युनिख सुरक्षा सम्मेलन ९एमएससी० का आयोजकले सोमबार जेलेन्स्कीले फेब्रुअरी १४–१६ शिखर सम्मेलनमा भाग लिने पुष्टि गरेका छन् ।
एमएससी अध्यक्ष क्रिस्टोफ ह्युसगेनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोका साथै केलोग र भान्स सामेल हुने जानकारी दिनुभयो । उहाँले रुसी सरकारका कुनै प्रतिनिधि उपस्थित नहुने बताउनुभयो ।
यो बैठक रुसले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढिरहेको बेला हुँदैछ । डोनेट्स्क क्षेत्रमा उसले गत वर्षमा केही बस्ती कब्जा गरेको छ । प्रायः महिनाौँको रूसी बमबारीले पूर्ण रूपमा ध्वस्त बनाएको छ ।
मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमाथि महिनौँ लामो बमबारी अभियान पनि चलाएको छ । आक्रमणहरूले किएभको सेनालाई सहयोग गर्ने सुविधालाई लक्षित गरेको दाबी गरेको छ ।
मङ्गलबार युक्रेनी ऊर्जामन्त्रीले ऊर्जा क्षेत्र ‘आक्रमणको निशानामा रहिरहेको’ र किएभले ‘सम्भावित परिणामलाई न्यूनीकरण गर्न’ ‘तत्काल आपत्कालीन बिजुली आपूर्ति प्रतिबन्धहरू लागू गरिरहेको’ बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी