+

तनहुँका ५० महिलालाई ढकिया बुन्ने तालिम

तनहुँ ।  ज्येष्ठ नागरिकको  ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलालाई ढकिया बुन्ने तालिम दिइएको छ । 


सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो ।

तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । उहाँले स्थानीय स्रोत र साधन अर्थात् बाबियाको प्रयोग गरी बनाइएको ढकियाले अन्यत्रबाट ल्याइने ढकियालाई विस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।  

पुस २१ गतेदेखि सञ्चालित तालिम बुधबार समापन गरिएको छ । तालिममा सिकेका सीपलाई व्यावहारिक र व्यावसायिक रूपमा अघि बढाउन सकिए आयआर्जनमा सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यले  बताउनुभयो 

तालिममा सहभागी भगवती भण्डारी र अन्जना भण्डारीले तालिम जीवन उपयोगी रहेको बताउनुभयो ।  तालिममा सन्तमाया श्रेष्ठ, सनिमाया थापा र मधुमाया सारु मगरले प्रशिक्षण दिनुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै