+

लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । 



मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ४३ वर्षीय पोखरेल नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत हुनुहुन्छ । प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

पोखरेलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उहाँमाथिको अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै