+

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम शुरु

धनुषा ।  मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले  पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गर्नुभयो । कार्यदलले स्थानीय तहको संरचनामा सुधार र्गुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

यसैबीच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै