+

छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश

कास्की । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


सोही मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई समेत अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

लामिछाने, जोशी लगायतलाई संगठित रुपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै