
चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
आजदेखि यहाँ शुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उहाँले कानुनमा रहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सरकार लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन तयार छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उहाँले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उहाँको भनाई .छ ।
उहाँले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।’
त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
महोत्सवमा चार सय ३० वटा प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा चीनको छुट्टै प्रदर्शनी कक्ष रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण