काठमाडौँ । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड ३२ लाख डलरको अपिल दोब्बरभन्दा बढी भएको बताएको छ ।
“राष्ट्र लगभग १४ वर्षको सङ्घर्षबाट पार पाउँदै गर्दा आइओएम सिरियाका जनतालाई यस ऐतिहासिक क्षणमा सहयोग गर्न प्रतिबद्ध छ”, आइओएमका प्रमुख एमी पोपले एक विज्ञप्तिमा भन्नुभयो, “सिरियाको राम्रो भविष्य निर्माण गर्न हामी सबै साझेदारसँग मिलेर काम गर्दा आइओएमले देशभरका कमजोर समुदायलाई सहयोग गर्न मानवीय सहायता र पुनप्र्राप्तिमा हाम्रो गहिरो अनुभव ल्याउनेछ ।”
जेनेभास्थित एजेन्सीले सन् २०२० मा दमास्कसबाट बाहिरिएपछि सिरियाभित्र आफ्नो उपस्थिति पुनः स्थापित गर्न काम गरिरहेको जनाएको छ । यो विगत दुई दशकमा त्यहाँ काम गरेको अनुभव र उत्तर–पश्चिम सिरियामा सहायता पु¥याउन विगत दशकमा गरेको सीमा–पार गतिविधिमा आधारित छ ।
एजेन्सीले ‘सिरियाभर विस्थापित र फर्केका समूहसहित सबैभन्दा जोखिममा रहेका र कमजोर समुदायलाई तत्काल सहायता प्रदान गर्ने’ लक्ष्य राखेको बताएको छ । अनुरोध गरिएको रकम आवश्यक राहत सामग्री र नगद, आश्रय, सुरक्षा सहायता, पानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गरिने बताइएको छ ।
यी रकम विस्थापित वा स्थानान्तरणको तयारीमा रहेका सहित चलायमान व्यक्तिहरूलाई पुनप्र्राप्ति सहयोग प्रदान गर्न पनि जानेछन् । दशकौँको तानाशाहीपछि गत महिना शक्तिशाली बशर अल–असदको आकस्मिक निष्कासनपछि सिरियामा भएको नाटकीय राजनीतिक उथलपुथलले जनताको ठूलो आन्दोलनलाई उत्प्रेरित गरेको छ ।
लगभग १४ वर्षको गृहयुद्धका क्रममा सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका थिए, लाखौँ मानिस देशबाट भागेका थिए र थप लाखौँ आन्तरिक रूपमा विस्थापित भएका थिए । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यस वर्षको पहिलो छ महिनामा करिब १० लाख मानिस देशमा फर्कने अपेक्षा गरेको छ ।
साथै सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र मानवीय एजेन्सीले सिरियाभित्र आन्तरिक रूपमा विस्थापित भएका करिब पाँच लाख मानिसको फिर्ती रेकर्ड गरिसकेको आइओएमले औँल्याएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निर्वाचनको मिति कानुनमै तोकिने
- तीन लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
- धरौटी बुझाएर लामिछानेसहित छ प्रतिवादी हिरासत मुक्त
- छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
- रवि लामिछानेलाई छोड्न अदालतको आदेश
- फैसला सुन्न रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
- अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
- वायु सेवा निगमको समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
- सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
- लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ