
बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ ।
स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा लगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो ।
‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा बढ्दै गएको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भन्नुभयो – ‘‘त्यही भएर त्यसविरुद्ध गाउँपालिकाले अभियान चलाउने तयारी गरेको छ ।’
कार्यपालिकाको बैठकले अभियानकोस्वरुप बारे निर्णय लिने उहाँको भनाइ छ । गत असोज ११ र १२ गतेको बाढीपहिरोले सार्वजनिक जग्गामा निर्माण भएका संरचना बनाएको थियो । अहिले ती स्थानमा स्थानीयले पुनः घर टहरा लगायतका संरचना बनाउन थालेपछि गाउँपालिकाले त्यसलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
गाउँपालिकाको फाखेल, सिस्नेरीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्ेको छ । केही दिनअघि गाउँपालिका कार्यालयले सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमण नगर्न र त्यस्ता स्थानमा घर टहरा लगायतका संरचना निर्माण नगर्न आग्रह गरेको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिए कानुन बमोजिम कारबाहीस मेत अघि बढाइने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने