काठमाडौँ । चीनको स्वायत्त क्षेत्र तिब्बत भूकम्पपछि १ हजार २ सय ११ पटक परकम्पन गएको छ ।
दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल २ हजार २ सय ११ वटा परकम्पन पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।
भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।
क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निर्वाचनको मिति कानुनमै तोकिने
- तीन लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
- धरौटी बुझाएर लामिछानेसहित छ प्रतिवादी हिरासत मुक्त
- छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
- रवि लामिछानेलाई छोड्न अदालतको आदेश
- फैसला सुन्न रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
- अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
- वायु सेवा निगमको समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
- सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
- लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ