कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुग्नुभएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुग्नुभएको हो ।
रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका कास्की अदालतमा हुनुहुन्छ । कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्षमा आराम गरिरहनुभएको छ ।
अदालतको इजलासमा अहिले आदेश भइरहेको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निर्वाचनको मिति कानुनमै तोकिने
- तीन लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
- धरौटी बुझाएर लामिछानेसहित छ प्रतिवादी हिरासत मुक्त
- छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
- रवि लामिछानेलाई छोड्न अदालतको आदेश
- फैसला सुन्न रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
- अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
- वायु सेवा निगमको समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
- सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
- लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ