+

प्राथमिक उपचारसम्बन्धी तालिम

तनहुँ ।  जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।


योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो । 

संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस भए, हृदयाघातलगायत समस्यामा प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक तालिम दिएको संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिनुभयो । योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ३५ जना सहभागी रहेका उहाँले बताउनुभयो । 

संस्थाले देशका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । हालसम्म विभिन्न स्थानमा एक लाखभन्दा बढीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइसकेको अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले जानकारी दिनुभयो । संस्थामा सदस्य लिन चहानेले निःशुल्क सदस्य बन्न सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै