+

महायज्ञबाट जुट्यो ४ करोड ३९ लाख

पाल्पा ।  यहाँस्थित शहीद बहुमुखी क्याम्पसमा सङ्काय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा  ४  करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ । 


क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईका अनुसार रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले  एक करोड रुपैयाँ मूल्य पर्ने जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  एक हजार ३२ मुरी धान पनि सङ्कलन भएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित यो क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै