+

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । 


संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९ र ८० मा ७७ करोड ३५ लाख  रुपैयाँ  खुद मुनाफा गरेकामा आव वर्ष २०८०÷८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा  ९२ करोड १९ लाख   रुपैयाँ  पुगेको छ । यसैगरी आव २०७९र८० मा कुल सञ्चालन आम्दानी एक अर्ब ६६ करोड ९५ लाख   रुपैयाँ रहेकोमा आव २०८.÷८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु-याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै