![](/storage/news/01JKN9W4ANW30QWBQTQ026N5VN.jpg)
काठमाडौँ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले कनिष्ठ स्वास्थ्य एन्ड्रयु ग्वेलाई बर्खास्त गर्नुभएको छ ।
मन्त्रीबाट बर्खास्त भएपछि लेबर पार्टीका एक सांसद एन्ड्रयु ग्वेनेले आफूले गलत निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको छ । सन् २०२४ को जुलाईमा भएको चुनावमा भारी मतान्तरले विजय हासिल गरे पनि स्टार्मर सरकारले आफ्ना सदस्यका कारण पहिलो सात महिनामा व्यहोर्नुपरेको यो पछिल्लो क्षति हो ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार स्टार्मरले एन्ड्रयु ग्वेनेको यस्तो टिप्पणीको जानकारी पाउने बित्तिकै उहाँलाई मन्त्रीपदबाट बर्खास्त गरिएको हो ।रिपोर्टमा ग्वेनले यहूदी विरोधी, नस्लवादी र यौनवादी टिप्पणी गरेको आरोप लगाइएको र उहाँलाई लेबर पार्टीबाट पनि निलम्बित गरिएको छ ।
‘म मेरो गलत टिप्पणीप्रति गहिरो खेद प्रकट गर्दछु र मैले गरेको कुनै पनि अपराधका लागि क्षमा प्रार्थी छु’ ग्वेनले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री र पार्टीले गरेका निर्णय म राम्ररी बुझेको छु ।’
ग्वेनले ह्वाट्सएप ग्रुपमा लेबर पार्टीका एक दर्जनभन्दा बढी सल्लाहकार पार्टी पदाधिकारी र कम्तीमा एक अन्य सांसदसँग सेयर गरेको सन्देशको छायाँप्रति पोस्ट गर्नुभएको छ ।उनले एउटा घटकलाई ट्रकले ‘किचेको’ भनेर पनि ठट्टा गर्नुभएको थियो ।अर्को टिप्पणीमा उहाँले आफ्ना सहकर्मीलाई फोहर सङ्कलनबारे सोध्ने ७२ वर्षीया महिलाको चाँडै मृत्यु हुने बताउनुभएको थियो । सरकारका एक प्रवक्ताले भने– ‘सार्वजनिक पदधारण गरी उच्च स्तरको आचरण कायम गर्न र श्रमजीवी जनताको सेवामा सरकारको नेतृत्व गर्न प्रधानमन्त्री कटिबद्ध हुनुहुन्छ ।’
उनले भनेका छन्, – यी मापदण्ड पूरा नगर्ने कुनै पनि मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री हिचकिचाउनुहुने छैन ।’गत वर्षको नोभेम्बरमा लुइस हेघले संसदको सदस्य बन्नुअघि आफूले अपराध स्वीकार गरेको खुलासा भएपछि यातायात मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
जुलाई ४ को आम चुनावमा उनको लेबर पार्टीले सत्ता जितेपछि स्टार्मरको क्याबिनेटका कुनै सदस्यले उनको राजीनामा पहिलो पटक दिएका थिए। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी