![](/storage/news/01JKSYTY3CEHD736EXS27N7SS2.jpg)
काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षाका लागि काठमाडौँको विभिन्न स्थानमा ‘पेलिकन’ जडान गरिएको छ । महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको हो ।
अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने यस्तो प्रणाली जडान गरेको थियो । चालु आर्थिक वर्षमा प्रणाली थप स्थानमा जडान गरेको हो ।
कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३६ स्थानमा यस्तो प्रणाली जडान गरिसकेको भए पनि १३ स्थानको सञ्चालनमा आइसकेको छ । अन्य स्थानमा प्राविधिक काम भइरहेको छ । ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला, प्रदर्शनीमार्ग, बागबजार, ताहाचल लगायतका स्थानमा ती प्रणाली जडान गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यो प्रणाली मुख्यगरी सडकसँगै जोडिएका कामपाका विद्यालय र अस्पताल अगाडिका जेब्राक्रमा राखिएका छन् । आवश्यकताका आधारमा अन्य स्थानमा पनि जोड्ने तयारी रहेको कामपाले जनाएको छ । सल्लाहकार श्रेष्ठले भन्नुभयो– ‘यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । यस प्रणालीमा यात्रुले आवश्यकताअनुसार ‘जेब्रा क्रस’तिर हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बालेर सडक पार गर्न सक्ने छन् ।’
विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम हुनाले कामपाले पेलिकन प्रणाली जडान गरेको जनाएको छ । यस प्रणालीमा पैदलयात्रीले ‘स्विच थिचे’पछि पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा पैदलयात्रीले अर्को पटक बटन थिच्न मिल्छ ।
विद्यालय क्षेत्रमा राखिसकेपछि पैदलयात्रीको चाप रहेको अन्य स्थानमा पनि पेलिकन प्रणाली जडान गर्ने तयारी कामपाको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी