![](/storage/news/01JKQCZH6ZDYWRJ6CTNRJGRWRF.jpg)
भोजपुर । पौवादुङमा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम’ शुरुवात भएको छ ।
उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम शुरुवात भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम) का रुपमा सञ्चालन गरिएको छ ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी कूल ७५ लाखको लागतका कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।
‘त्रिपक्ष लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ’ प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो– ‘यो कार्यक्रम अन्तर्गत यहाँका उद्यमीको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणको लागिसमेत प्रोत्साहन गरिने छ।’
प्रारम्भिक चरणमा चालिस उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र दश गरेर उत्कृष्ट दश जना उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिने अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशमा रहेका एक सय ३७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो कार्यक्रम भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको एैसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।
प्रदेश सरकारले वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धनका लागि प्राथमिकता साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । ‘उद्यमशीलता र रोजगारी वृद्धिका लागि यो निकै महत्वपूर्ण कार्यक्रम छ’ अध्यक्ष राईले भन्नुभयो– ‘जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो वर्ष पौवादुङमा गाउँपालिका मात्र यो कार्यक्रम शुरुवात भएको छ । यसले यहाँका विभिन्न उद्यमसँग जोडिएकालाई आवश्यक सहयोग गर्नेछ ।’
यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योग लगायतको प्रवद्र्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ ।
छनोटमा परेका उद्यमीलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी