+

इजरायली सेनाको हवाई आक्रमणमा ७० प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । गाजा पट्टीमा इजरायली सेनाको हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको छ ।  गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा  इजरायली सेनाले आइतबार हवाई आक्रमण गर्दा  कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ ।
 
गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ ।  जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।  

मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो  भएको स्थानीय अधिकारीले बताएका छन् । स्रोतका अनुसार  अल–मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी शहर खान युनिसमा पनि आक्रमण गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ । इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्य अल–मगाजी पनि एक थियो । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा  अधिकांश महिला तथा बालबालिकाहरू थिए ।  गाजाको स्वास्थ्य मन्त्रालयले  आइतबार देखाएका तथ्याङ्कक अनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या  बीस हजार ४२४  पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् । 

गत साताको अन्त्यमा गाजामा कूल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।  इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कूल सङ्ख्या १५४ पुगेको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट