
काठमाडौँ । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
आपत्कालीन सेवाले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यू साउथ वेल्स प्रहरीले विज्ञप्तिमा बताएको छ ।
दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो । दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन् ।
यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ । शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्ति – एक सिड्नीबाट र एक मेलबर्नबाट – को खोजी जारी छ ।
सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए) ले बलियो छालले न्यू साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो ।
न्यू साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो भने एक जना पुरुष बेपत्ता भएका थिए ।
शनिबार केही ठाउँमा छाल तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यू साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो ।
एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा सक्रिय जीवन बचाउने सेवा नभएका समुद्री किनारमा ६ सय ३० जनाको मृत्यु भएको देखाएको थियो ।
प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्र तटलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिनुभयो ।
‘हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुक क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्’ वेयरले एक विज्ञप्तिमा भन्नुभयो– ‘तर यी तटीय स्थानले खतरा प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन् ः रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण