+

पञ्जाबमा भीषण बाढी : हजार गाउँ डुबानमा, ठूलो जनधनको क्षति

काठमाडौँ । भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।


उत्तरपश्चिमी यो राज्यमा आएको बाढीले हालसम्म कम्तीमा २९ जनाको ज्यान लिएको छ भने गत महिना मात्रै दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँमा आएको सबैभन्दा भीषण बाढी’ को रूपमा चित्रण गरेका छन् ।

भारतको ‘ब्रेडबास्केट’ भनेर चिनिने यस क्षेत्रमा ९ सय ४० वर्गकिलोमिटर (३ सय ६० वर्गमाइल) भन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । यसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई सङ्घीय सरकारको ‘पूर्ण सहयोग’ रहने आश्वासन दिएका छन् ।  अधिकारीहरूले गाईवस्तुको ठूलो सङ्ख्यामा क्षति हुने आशंका व्यक्त गरेका छन् । तर यसबारे स्पष्ट विवरण पानी घटेपछि मात्र पत्ता लाग्ने जनाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट