+

कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने

काठमाडौँ। कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम गरिने भएको छ । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ । 


अवकाश उमेर हद बढाउने प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सरकार त्यसबाट पछि हटेको हो । सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधायन समितिको बैठकमा प्रतिनिधिसभाबाट पारित व्यवस्थाअनुसार नै विधेयक अघि बढ्न सहमत भएको बताउनुभएको छ

मन्त्री न्यौपानले सोमबारको बैठकमा कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राख्नु भएको थियो। जहाँ प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । त्यसपछि मन्त्री न्यौपानेले विधेयकमा आफ्नो व्यक्तिगत कुनै स्वार्थ नरहेको र सर्वसम्मत गरेर जाने परम्परा रहेको बताउनुभएको हो । 

प्रतिनिधि सभा र विधायन समितिमा पनि ऐन पारित भएको आर्थिक वर्षमा कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष राख्ने सहमति थियो । त्यो  व्यवस्था उल्टाउन मन्त्री न्यौपानेले भूमिका खेलेको भन्दै विधायन समितिमा सांसदहरूले आपत्ति जनाएका थिए ।

मन्त्री नै आफ्नो प्रस्तावबाट पछि हटेपछि यो आर्थिक वर्ष ५८ वर्षमै कर्मचारीहरू अवकाशमा जानेछन् । निजामती सेवा विधेयक आज राष्ट्रियसभामा पेश गरी आजै पारित गर्ने तयारी छ । साथै प्रतिनिधि सभाबाट भदौ १९ गते पारित गर्ने तयारी रहेको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट