+

एमालेले किन बोलायो सचिवालय बैठक ?

काठमाडौँ । विधान अधिवेशनको तयारीबारे छलफल गर्न सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । 


एमालेको दोस्रो विधान अधिवेशनको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ।

प्रचार विभाग प्रमुख  गौतमका अनुसार बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट