+

मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने

काठमाडौँ । मनाङ प्रदेशसभा २ मा रिक्त सांसद पदपूर्ति हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता गरिने भएको छ ।  

मनाङ प्रदेशसभा २ बाट यसअघि निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ  ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त पद पदपूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । त्यसको लागि भदौ १९ गतेदेखि दल दर्ता गरिन निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मंगलबार सूचना निकालेर उपनिर्वाचनको लागि भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । उपनिर्वाचनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने सूचनामा जनाइएको छ ।

आयोगका अनुसार निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना, संविधानको धारा २६९९(४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्र समेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।

नयाँ दल बनेका तथा एकता  भएका दलका हकमा आर्थिक वर्ष २०८० र ८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलको विवरण समेत समावेश गर्नुपर्ने आयोगले उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट