
काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर मुलुकको विभिन्न स्थानमा विगतमा जस्तै शुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले दशैं, तिहार र छठ लगायतबा पर्वलाई लक्षित गरी .भदौ ३० गतेदेखि देशको १ सय ५१ स्थानमा शुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी भइरहेको छ । शुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसी–बोकासम्म आकर्षक छुटको व्यवस्था गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ । त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ ।
कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
यस्तै साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा किलोको ७ रुपैयाँ छुट दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने