+

मुलुकको स्वास्थ्य सुधार्न खोज्दा गोविन्द केसीको आफ्नै स्वास्थ्य बिग्रयो, तोडे अनसन

काठमाडौँ । मुलुकको स्वास्थ्य सुधार्न खोज्दा डा गोविन्द केसीको आफ्नै स्वास्थ्य बिग्रिएको छ । आफ्नै स्वास्थ्य बिग्रिएपछि केसीले अनसन तोडेका छन् । 


गेटा मेडिकल कलेजमा उपचाररत पृतम चौधरीको हातबाट जुस पिएर उनले मङ्गलवार दिउँसो २ बजे अनसन तोडेका हुन् ।  आइतबारदेखि सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य बिग्रँदै गएको छ । उनका सहयोगी डा अमृत जैसीका अनुसार, मङ्गलवार बिहान मुटुको चालमा समस्या देखिएको छ ।

डा केसीले निजी मेडिकल कलेजमा एमबीबीएस सिट वृद्धिको विरोधमा सत्याग्रह शुरु गरेका थिए । चिकित्सा शिक्षा आयोगले साउन ३० मा मापदण्डविपरीत सिट वृद्धिको निर्णय गरेको उनको आरोप छ । 
उनले यो निर्णयले शिक्षाको गुणस्तर र स्वास्थ्य सेवामा ह्रास आउने बताएका छन् ।

डा केसीका मागमा सिट वृद्धि फिर्ता, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना, गेटामा तत्काल शैक्षिक कार्यक्रम सञ्चालन र विगतका सम्झौता कार्यान्वयन रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट